धनुषामा चोरी गरेर भाग्न खोज्दा खुट्टा भाँचिएपछि चोर समातियो

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ४ कुम्हरौलमा एकजना चोर चोरी गर्दै गरेको अवस्थामा समातिएको छ । चोरी गर्दै गर्दा चोरलाई स्थानीयले देखेपछि भाग्ने क्रममा खुट्टा भाँचिएपछि धनुषा लक्ष्मीनिवासका २० बर्षीय मनिष दास समातिएका हुन् ।

जनकपुर ढक्केवर सडक खण्डस्थित कुम्हरौल चौकमा अवस्थित एक पसलमा चोरी गरेर हाम फाल्ने क्रममा दासको खुट्टा भाँचिएपछि समातिएको हो । उनीसँगै चोरी गर्न आएको अझै २ जना निजको खुट्टा भाँचिएपछि छोडेर भागेपछि दासलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका छन् । उनले चोरी गर्न ३ जनाको समूहमा मोटरसाईकलमा सवार भई आएको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

उनीहरु गएराति करिब १ बजेको समयमा पसलमा चोरी गर्न पस्दा नजिकैको हार्डवेयर पसलेले देखेपछि भाग्न खोज्दा दासको खुट्टा भाचिएपछि दुई जना फरार भएपनि उनी पक्राउ परे । ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी नायब निरीक्षक उमेश पाण्डेका अनुसार चोरले आफु चोरी गर्न आएको स्वीकारेपनि केही चोरी नगरेको बताए । तर, त्यस चोकमा रहेको विभिन्न पसलहरुमा पटक पटक चोरीको भईरहेको पसलेहरुले बताएका छन् ।

यसअघि पनि कयौं पटक हाम्रो पसलहरुमा चोरी भयो प्रहरीमा उजुरी गरे तरपनि हालसम्म प्रहरीले एउटा पनि चोरीको घटना प्रहरीले पत्ता नलगाएको उनीहरुको आरोप छ । उक्त चोकमा अवस्थित पसलहरुबाट यसअघि ल्यापटप, मोबाईल, रिचार्ज, नगद तथा पसलको सरसमानहरु चोरी हुँदा प्रहरीलाई जानकारी हुँदा पनि यस विषयमा चाँसो नदेखाएको पसलेहरुको आरोप छ ।

पक्राउ परेको चोरसँगै आएको फरार दुईजना चोरको पनि खोजबिन भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नायब निरीक्षक पाण्डेले जनाएका छन् । प्रहरी नायब निरीक्षक पाण्डेका अहिले पक्राउ परेको व्यक्तिको परिवारलाई खबर गरेको छु परिवारजन आएपछि निजको उपचार प्रहरीकै निगरानीमा गरी हिरासतमै राखेर यस घटनाको विषयमा छानबिन गर्ने जनाएका छन् ।

यता, कुम्हरौल चोकका पसलेहरुले यसअघि पनि यहि चोरले सबै पसलमा चोरी गरेको बताउँछन् । प्रहरीले निज चोरलाई कारवाही नगरे प्रहरी विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया