मनाइयो चित्रगुप्त अवतरण दिवस

काठमाडौं । मिशन टुके अन्तराष्ट्रिय एवम कर्ण कायस्थ महिला समाजले बैशाख ११ गते सफलतापूवक चित्रगुप्त अवतरण दिवस मनाएको छ । यस कार्यक्रममा कायस्थ इन्साइक्लोपिडियाको विमोचन गएिको छ ।
यसका लेखक भारत सरकारका पूर्व आइपियस चित्रांश उदय सहाय रहेका छन् ।

यस कार्यक्रममा राजनीतिज्ञ लक्ष्मण लाल कर्ण, ग्रीश चन्द्रलाल, कर्ण कायस्थ महिला समाजको कार्यवाहक अध्यक्ष पुनम दास लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको छ । उक्त कार्यक्रममा कर्ण कायस्थ महिला समाजले मधेशी तथा कर्ण महिला समुदायको क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई पनि सम्मान गरेको छ । यस कार्यक्रममा देव चन्द्र लाल कर्ण, डा.कुशलेन्दर श्रीवास्व, राकेश कर्ण, सरोज कुमार श्रीवास्व, उदय शंकर प्रसाद श्रीवास्व, सविता दास, रचना कर्ण, स्नेहा कर्ण, अन्जलि वर्मा, पुनम दास, कन्चन दत, भारती कर्ण, अननमिका कर्ण , विनिता भारती लगायतका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

चित्रगुप्त अवतरण दिवसको अवसरमा चित्रगुप्त भगवानको पूजा–अर्चना गरियो । यस कार्यक्रममा १६५ जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया