पत्रकार विनय यादवको मृत्यु शंकास्पद, प्रहरीको अनुसन्धान फितलो भएको आरोप

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष राजेश कुमार कर्णले ईन्युजब्यूरोका कार्यकारी सम्पादक पत्रकार बिनय कुमार यादवको मृत्यु शंकाष्पद रहेको भन्दै गहिँरो छानविनको माग गरेका छन् । महासंघ मधेश प्रदेश समितिको तेश्रो अधिवेशनको समुदघाटन सत्रमा बोल्दै अध्यक्ष कर्णले प्रहरी प्रशासनले सो घटनाको सुक्षम छानविन गर्नुपर्ने बताए ।

उनले भने, ‘घटनाको गम्भिरता पुर्वक छानविन गर्नका लागि सम्बन्धित निकायलाई दबाब दिनुपर्ने देखिन्छ, मेरो यो प्रस्ताव नै हो ।’ उनले सो प्रस्ताव उपर बन्द सत्रमा छलफल गर्दै निर्णय गर्नुपर्ने सम्मको अभिब्यक्ती राखे । मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दासले पनि समाचारहरुमा आइरहेको विषय हेर्दा उनको मृत्यु शंकाष्पद जस्तो देखिएको भन्दै सुक्षम रुपमा छानविन गर्नुपर्ने बताए ।

साथै समुदघाटन सत्रका अन्य वक्ताहरुले पनि पत्रकारको मृत्यु घटनालाई गम्भिरताका साथ लिनुपर्ने बताए । वक्तहरुले यस घटनालाई प्रहरीले गम्भिर रुपमा नलिएको समेत आरोप लगाए ।

महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानको विशेष उपस्थितीमा भएको अधिवेशनको बन्द सत्रमा महासचिव श्याम बन्जारा र कोषाध्यक्ष बिश्वनाथ ठाकुरको क्रमश संगाठनिक र आर्थिक प्रतिवेदन उपर छलफल भएको बताइएको छ ।

यस्तै जनकपुरधामका पत्रकार पुरण गुप्ता महासंघको बन्द सत्रबाटै उक्त घटनाको छानविनका लागि सम्बन्धित निकायहरुमा दवाव दिनुपर्ने प्रस्ताव पारित गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया