दुर्घटनाग्रस्त जहाज मर्मतका लागि जाँदै थियो पोखरा
काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज मर्मतका लागि भनेर काठमाडौंबाट पोखराका लागि उडेको खुलेको छ । सो एयरलाइन्सका अध्यक्ष दीपक पोखरेल स्वयंले जहाज मर्मतका लागि पोखरा पठाइएको बताएका छन् ।
९ एन–एएमई÷सीआरजे २०० कलसाइनको सो जहाज बुधबार बिहान ११ः१५ मिनेटमा दुर्घटनामा परेको थियो । जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ ।
जहाजमा १९ यात्रु सवार रहेकोमा १८ जनाको मृत्यु भएको बताइएको छ । दुर्घटनामा चालक मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरेर काठमाडौं मेडिकल कलेज पठाइएको छ ।
प्रतिक्रिया