हरवा–चरवालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम

सिरहा । दलित समाज कल्याण नेपालले सिरहा र सप्तरीका तीन सय १० जाना हरवा चरवालाई सीपमूलक तालिम दिएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को आर्थिक सहयोगमा हरवा चरवाको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले १३ प्रकारका विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको दलित समाज कल्याण नेपालका सिरहा र सप्तरी जिल्ला सहजकर्ता देवलाल विश्वकर्माले जानकारी दिए ।

विश्वकर्माका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) द्वारा मान्यता प्राप्त ५२ दिने सीपमूलक तालिमअन्तर्गत विद्युत् मर्मत तथा जडान, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, बाख्रापालन, बेमौसमी तरकारी खेतीलगायत रहेका छन् । “बाध्यकारी श्रमिकलाई मुक्त गरी आत्मनिर्भर बनाउने उद्देश्यले सीपमूलक तालिम सञ्चालन गरिएको हो । तीन सय १० जना तालिमकर्तामध्ये दुई सय १० जनालाई पेशा व्यवसाय गर्न विभिन्न प्रकारका सामग्री हस्तान्तरण गरिएको छ”, विश्वकर्माले भने, “अहिले उहाँहरू आफ्नो सीपअनुसारका केही न केही पेशा र व्यवसाय गरेर जीविकोपार्जन गरिरहेको छ ।”

सम्पूर्ण हरवा चरवालाई सीपमूलक तालिम दिनलाई धेरै आर्थिक व्ययभार लाग्ने भएकाले उनीहरूको गाँस, बास र कपासको व्यवस्थापन तथा पुनःस्थापनाको लागि सरकारले नै जिम्मा लिनुपर्ने राष्ट्रिय हरवा चरवा अधिकार मञ्चका महासचिव लागेन्द्र सदाले बताए ।

मुख्य गरी मधेस प्रदेशमा दास प्रथाको रुपमा हरवा चरवा प्रथा व्याप्त रहेको छ । सरकारले हरवा चरवाको यकिन तथ्याङ्क सङ्कलन अझै गर्न सकेको छैन । आइएलओको करिब तीन वर्ष अगाडिको तथ्याङ्कअनुसार मधेस प्रदेशमा ६९ लाख सात सय ३८ हरवा चरवाको तथ्याङ्क रहेको छ ।

मधेस प्रदेश सरकारले आव २०८०÷८१ मा स्थानीय तहको समन्वयमा प्रदेशको सबै जिल्लामा मुक्त हरवा चरवाको वास्तविक तथ्याङ्क सङ्कलन गरी प्रमाणीकरण र परिचयपत्र वितरण गर्नको लागि रू दुई करोड ४० लाख बजेटको व्यवस्था गरेको भए पनि काम हुन नसकेर बजेट फ्रिज भएको महासचिव सदाले जानकारी दिए ।

प्रतिक्रिया
नागरिक मिरर