१६ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार व्यक्ति पक्राउ

जनकपुरधाम । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेको एकजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले बिहिबार १६ वर्षपछि पक्राउ गरेको छ ।

सबैला नगरपालिका वडा नम्बर १३ का नागेन्द्र यादवलाई गोली हानी हत्या गरेको अभियोगमा सर्वोच्च अदालको २०८० माघ ८ गतेको आदेशले दोषी ठहर भई जन्मकैद सजाय तोकिएको सोही वडाका पवन महतोलाई प्रहरीले पक्राउ गरेको हो । ५६ वर्षका उनी पूर्व शिक्षक हुन् ।

उनलाई सबैला बजारबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत धनुषामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवाले जानकारी दिएको छ।

प्रतिक्रिया
नागरिक मिरर