शेख हसिनाविरुद्ध हत्या मामिलामा छानबिन हुने

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध हत्या मुद्दामा छानबिन हुने भएको छ ।

बीबीसीका अनुसार बंगलादेशको एक अदालतले राजधानी ढाकाको एउटा किराना पसल सञ्चालकको हत्यामा पूर्व प्रधानमन्त्री हसिनाको भूमिकाको जाँचका लागि आदेश दिएको हो ।

हत्या मामिलामा उजुरी दिने पीडितको तर्फबाट अधिवक्ताले किराना पसल सञ्चालकको हत्या गत महिना विद्यार्थी आन्दोलनको क्रममा भएको बताए।

पूर्व प्रधानमन्त्री हसिना र अन्य ६ जनाविरुद्ध आमिर हमजाले हत्या मामिलामा मुद्दा दायर गरेका छन् । जसमा बंगलादेशका चीफ मेट्रोपोलिटन मजिस्ट्रेटको अदालतले सुनुवाईका लागि अनुमति दिएको हो ।

बंगलादेशमा गत महिना भएको आन्दोलनको क्रममा ३ सयभन्दा बढीको मृत्यु भएको थियो भने हजारौँ घाइते भएका थिए । हिंसा पछि पहिलोपटक उनीविरुद्ध हत्या मामिलामा मुद्दा दर्ता भएको हो।

प्रतिक्रिया
    ट्याग: