प्रमुख आयुक्त राई भन्छन्ः अख्तियारले मुद्दा दायर गरेपछि कर्मचारी निलम्बन हुनुपर्छ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारले मुद्दा दायर गरेपछि कर्मचारीहरु निलम्बित हुनुपर्ने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि कर्मचारी निलम्वित हुने विद्यमान व्यवस्था कायम हुनुपर्ने बताए ।

उनले अख्तियारले मुद्दा दायर गरेपछि विशेष अदालतबाट सफाइ नपाएसम्म कर्मचारी निलम्बन हुनुपर्ने बताए । उनले कर्मचारी निलम्वन भएन भने प्रमाण नष्ट गर्ने तथा काममा अवज्ञा गर्नसक्ने बताए । उनले निलम्बन नगरेमा सुशासन कायम हुनेमा प्रश्न उठ्ने बताए ।

प्रमुख आयुक्त राईले नीतिगत निर्णयको सम्बन्धमा निक्र्यौल गर्न अख्तियारले बारम्बार प्रतिवेदनमा उल्लेख गरेर सुझाव दिइरहेको पनि बताए ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: