भूमि लोक महोत्सवको दोस्रो संकरण कात्तिक १० गते हुने

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामलाई सांगितिक पर्यटनको प्रवद्र्धनमा योगदान पुर्याउनका लागि गरिदै आएको भूमि लोक महोत्सव यश वर्ष कात्तिक १० गते आयोजना हुने भएको छ ।

जनकपुरधाममा महोत्सवको यो दोस्रो संकरण हुनेछ ।

भूमि फाउण्डेसनका अध्यक्ष रञ्जन झाले कार्तिक १० गते भूमि लोक महोत्सवको दोस्रो संकरणको आयोजना गरिने बताएका छन् । भूमि लोक महोत्सव जनकपुरधाम स्थित तिरहुतिया गाछीमा आयोजना हुने छ ।

सांगितिक क्षेत्रमा २५ वर्षदेखि आफ्नो पृथक पहिचान बनाएका रञ्जन झाको पहलकदमी र सक्रियतामा दोश्रो पटक आयोजना हुन लागेको भूमि लोक महोत्सवमा ख्याति प्राप्त संगित साधकहरुलाई जनकपुरधाममा भेलासमेत गराइने छ । यस महोत्सवको अवधिभर मधेश र मिथिलाको झल्को दिने विभिन्न लोक झाँकी प्रदर्शन गरिने छ भने विभिन्न स्टलहरुसमेत राखिने आयोजकले जनाएको छ । यस महोत्सवमा अन्तर्राष्ट्रियस्तरका सांगितिक प्रस्तुति हुने फाउण्डेशनका अध्यक्ष झाको भनाइ छ ।

प्रतिक्रिया
नागरिक मिरर