एनपिएलः लुम्बिनीमाथि जनकपुर बोल्ट्सको रोमाञ्चक जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले रोमाञ्चक जित हात पारेको छ ।

आइतवार भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई १ रनले हराउँदै जनकपुरले लिगमा लगातार चौथो जित हात पारेको हो ।

कीर्तिपुर मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको जनकपुरले मध्यम प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३६ रन बनायो । जनकपुरको जितका लागि कप्तान अनिल साहले सर्वाधिक ४५ रनको पारी खेले भने लाहिरु मिलान्थाले २५ रन जोेडे । यस्तै सुवास कंसाकारले २२ रन बनाउँदा आशिफ शेखले १६ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले खासै रन बनाउन सकेनन् ।

यता, १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३५ रन बनायो । लुम्बिनीलाई जितबाट रोक्न हर्ष ठाकरले उत्कृष्ट प्रदर्शन गर्दै जम्मा २३ रन खर्चेर ५ विकेट लिए ।

जारी लिगमा जनकपुरको यो लगातार चौथो जित हो भने लुम्बिनीको यो लगातार चौथो हार हो ।

प्रतिक्रिया
    ट्याग: