जनकपुरमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

जनकपुधाम । जनकपुरधामस्थित मधेस भवन अगाडि दुई मोटरसाइकल ठोक्किएर एकजनाको मृत्यु भएको छ। दुर्घटनामा धनुषाको लक्ष्मीनिया गाउँपालिका–१ सोहनीका ५० वर्षीय देवेन्द्र यादवको मृत्यु भएको हो।
उनी मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयका सवारी चालक थिए। मृतक यादव बिहान ज १ ब ७५५ नम्बरको मोटरसाइकलमा सवार थिए। प्रहरी प्रवक्ता बरुणबहादुर सिंहका अनुसार मृतक यादवलाई मधेस प्रदेश २–०२–००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते यादवको टाउकोमा चोट लागेका कारण अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया






