धनुषाको सतलोक आश्रममा १२ नवजोडीको दाइजोमुक्त सामूहिक विवाह सम्पन्न 

जनकपुरधाम । मिथिला नगरपालिका–२, बेलाचापीस्थित सतलोक आश्रममा सन्त रामपालजी महाराजको अगुवाइमा १२ नवजोडीको दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह सम्पन्न भएको छ। विवाह समारोहमा कुनै पनि पक्षले नगद, सामान वा अन्य कुनै खर्च नगरेको आयोजकले जनाएका छन्। विवाह प्रक्रिया मात्र १७ मिनेटमा गुरुवाणीसहित तीनै देवी–देवताका साक्षीमा पूरा गरिएको थियो। 

कबीर साहेबको ५०७औं निर्वाण दिवसको अवसरमा माघ २४ देखि २६ सम्म तीन दिवसीय धार्मिक कार्यक्रम आयोजना गरिएको थियो। पहिलो दिन सन्त गरिबदासजी महाराजद्वारा रचित “अमरग्रन्थ साहेब” को अखण्ड पाठ गरिएको थियो। 

दोस्रो दिन सामूहिक विवाह सम्पन्न भए भने माघ २६ गते भोग आरती तथा सत्संगसहित कार्यक्रम समापन गरिनेछ। कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई ६३ युनिट रक्तदान गरिएको छ। 

विवाह समारोहमा मांसाहार तथा नशालु पदार्थ निषेध गरिएको थियो। सहभागीहरूका लागि शुद्ध घिउबाट बनेको बुनियाँ, हलुवा, रोटी, पूरी, दालभातलगायत निःशुल्क भोजनको व्यवस्था गरिएको थियो। सतलोक आश्रमले दाइजो प्रथाको उन्मूलन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य लिएको छ। 

आयोजकका अनुसार यस प्रकारका विवाहहरूले जातीय भेदभाव हटाउने तथा अनावश्यक विवाह खर्च रोक्न मद्दत गर्ने विश्वास गरिएको छ। विवाह समारोहमा हजारौंको संख्यामा श्रद्धालु उपस्थित भएका थिए। 

अतिथिहरूले आश्रमको व्यवस्थापन तथा अनुशासनलाई “राज्यले अनुकरण गर्नुपर्ने नमुना” भनेर प्रशंसा गरेका छन्। कार्यक्रमको दौरान कबीर साहेबले ५०७ वर्षअघि भारतको मगहरबाट सशरीर सतलोक प्रस्थान गरेको ऐतिहासिक घटनाको प्रतीकात्मक प्रदर्शन गरिएको थियो। 

सन्त रामपालजी महाराजको नेतृत्वमा हरेक वर्ष कबीर साहेबको निर्वाण दिवस भव्य रूपमा मनाइँदै आएको छ। आयोजकका अनुसार यस्ता धार्मिक तथा सामाजिक जागरूकता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।

प्रतिक्रिया