हिमालय युवा क्लवको ३०औं वार्षिक साधारणसभा सम्पन्न

जनकपुरधाम । हिमालय युवा क्लव नक्टाझिजको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
शनिवार धनुषाको मिथिला नगरपालिका –२ नक्टाझिजस्थित श्री हिमालय युवा क्लबको ३०औं वार्षिक साधारणसभा विभिन्न कार्यक्रमहरु गरेर भव्यताको साथ मनाईएको छ।
साधारणसभाको अवसरमा क्लबद्वारा विभिन्न किसिमका प्रतियोगिताहरुको आयोजना गरेको थियो । हाजरीजवाफ ,छात्रा दौड ,छात्र दौड ,साइकल स्लो ,मोटरसाइकल स्लो प्रतियोगितामा प्रथम,द्वितीय ,तृतीय र सान्तवना विजेता विधार्थीहरुलाई पुरुस्कार वितरण समेत गरिएको क्लबका सचिव महादेव सिंहले बताउनुभयो। त्यस्तै शनिबार भएको साधारणसभामा २५ जनाले रक्तदान समेत गरेका थिए।

साधारणसभाको अवसरमा क्लवका कानुनी सल्लाहकार अधिवक्ता डा.कालेश्वर महतोले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘जगिया जैलाल कुशवाहा शिक्षा स्मृति पुरस्कार यस वर्ष पनि छात्रछात्रालाई प्रदान गरिएको थियो। सो पुरस्कार २०७९ र २०८० सालको एसइई परिक्षामा मिथिला नगरपालिका वडा नं. २ बाट सबैभन्दा बढी जिपिए मार्क सहित उत्तीर्ण चार जना विद्यार्थीलाई प्रदान गरिएको उहाँले बताउनुभयो । दुई जना छात्र र दुई जना छात्रालाई पुरस्कार वापतको रकम जनही रु. पाँच हजार र सम्मान पत्र प्रदान गरिएको छ ।
क्लवका अध्यक्ष विजयकुमार महतोको अध्यक्षता तथा मधेश प्रदेश सरकारका खृलकुद तथा सामाजिक विकास मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यता र मिथिला नगरपालिका वार्ड नं २ का वाडा अध्यक्ष बिहारी महतोको विशेष आतिथ्यतामा साधारणसभा मनाईएको थियो।
समाजिक, सांस्कृति, खेलकुद, शिक्षा, स्वास्थ्य, सरसफाइ लगायतको क्षेत्रमा क्लवले अग्रणी भूमिका खेल्दै आएको छ । ग्रामीण क्षेत्रकै सबैभन्दा चर्चित र सक्रिय युवा क्लवको रुपमा हिमालय युवा क्लवलाई चिनिँदै आएको छ ।
