एमआईएचएसका रेक्टर डा.पण्डितको स्वामित्वमा रहेको जनकपुर सिटी अस्पताल अवैध!

जनकपुरधाम । जनकपुरधाममा सञ्चालित जनकपुर सिटी अस्पताल अवैध रहेको पाइएको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंहको नेतृत्वमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहसहितको अनुगमन टोलीले शुक्रवार गरेको अनुगमनको क्रममा जनकपुर सिटी अस्पतालको दर्ता नविकरण नभएको पाइएको हो ।

अनुगमन टोलीले उक्त अस्पतालका सञ्चालकलाई आइतवार अस्पताल दर्ता तथा नवीकरण सम्बन्धी कागजातसँगै कर्मचारीलाई भुक्तानी गरिरहेको तलब तथा गरिब, दलित तथा सीमान्तकृत समुदायलाई कानुन बमोजिम उपचारमा दिइने छुट सम्बन्धी विवरण लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

जनकपुर सिटी अस्पताल मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. रामनरेश पण्डितको स्वामित्वमा रहेको बताइन्छ ।

प्रतिक्रिया