आज दसैँको दोश्रो दिन, ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै

काठमाडौ । हिन्दु धर्माम्वलम्बीहरुको महान चाड बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा अराधना गरिँदैछ । बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो ।

घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

दसैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । विशेष गरी राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्राली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पुजाआज गर्ने प्रचलन छ ।

यसैगरी उपत्यका बाहिर जनकपुरको राजदेवी मन्दिर, सप्तरीको छिन्नमस्ता र षखडा, धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनी, मकवानपुरको भुटनदेवी र चुरियामाई लगाएतका मन्दिर र शक्तिपिठहरुमा भक्तालुहरूको विशेष भिड सहित पुजाआज हुने गर्दछ ।

प्रतिक्रिया