अमेरिकामा आँधीका कारण कम्तिमा ३५ जनाको मृत्यु

अमेरिका । अमेरिकामा धुलोसहितको आँधीका कारण कम्तिमा ३५ जनाको मृत्यु भएको छ ।
अमेरिकाको विभिन्न राज्यमा गरी ५० लाखभन्दा बढी नागरिक प्रभावित भएका छन् । आँधीले घरहरू नै उखेलिदिएको छ भने सम्पूर्ण सेवा प्रभावित बनेको छ ।
समाचार संस्था सीएनएनका अनुसार अमेरिकाको जर्जिया, फ्लोरिडा, क्यारोलिना, पेन्सिलभेनिया, टेक्सास लगायतका राज्यमा लाखौँ मानिस अँध्यारोमा बस्न बाध्य छन् भने ४० लाख मानिसलाई सुरक्षित रहन चेतावनी जारी गरिएको छ ।
त्यस्तै ओहियो, वेस्ट भर्जिनिया लगायतका राज्यमा पनि रेड अलर्ट जारी गरिएको छ ।
प्रतिक्रिया