धनुषामा यादव चोक विवादले उग्र रुप लियो, प्रहरीको गोलीले तीनजना घाइते

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–९ भठिहनमा चोकको नामकरण विवादले उग्ररूप लिँदा स्थिति तनावपूर्ण बनेपछि प्रहरीले गोली चलाएको छ।
प्रहरीको गोली लागेर कुमकरणका २२ वर्षीय सन्तोष यादव घाइते भएका छन्। स्थानीयका अनुसार प्रहरीले दुई राउण्ड गोली चलाएको हो।
झडपमा अन्य दुई जना घाइते भएका छन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ।
त्यहाँको अवस्था अहिलेपनि तनावपूर्ण रहेको स्थानीयले जनाएका छन्।
चोकको नाम ‘यादव चोक’ राखिएपछि अर्को पक्ष विरोधमा उत्रिँदा विवाद चर्किएको हो। आइतबार पनि दुई पक्षबीच झडप भएको थियो । जसलाई प्रहरीले अश्रुग्यास प्रहार गरेर नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया