साफ च्याम्पियनसिप उपाधि उपर भारतको कब्जा, नेपालको सपना फेरि अधुरै

काठमाडौं ।  साफ च्याम्पियनसिपमा भारतसँग नेपाल पराजित भएको छ । सर्वाधिक सात पटकको विजेता भारतसँग नेपाल ३-० गोलले पराजित भएको हो ।
माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको हो।

पहिलो हाफमा उत्कृष्ट खेलेको नेपाल भारतलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफ सुरु भएसँगै दुई गोल खाएको थियो। 

खेलको ४८औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै भारतले अर्को गोल गर्दै २-० को अग्रता बनाएको थियो । खेलको अन्तिम समयमा थप १ गोल गर्दै भारतले उपाधि कब्जा गरेको छ। 

उत्कृष्ट खेल्दै २८ वर्षपछि फाइनलमा पुगेको नेपालले इतिहास रच्ने सपनाबाट चुकेका छन् । नेपाल भारतसँगका २३ खेलमध्ये यो १६ औँ खेलमा हार व्यहोर्नुपरेको हो भने नेपालले भारतलाई दुई पटक मात्रै हराएको छ।

खेलमा नेपाल पराजित भएपनि किप्पर किरण र डिफेन्डर रोहित चन्दले उत्कृष्ट प्रदर्शन गरेको देखियो ।

प्रतिक्रिया
नागरिक मिरर