देश जटिल अवस्थामा छ : काँग्रेस नेता पौडेल


जनकपुरधाम । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले देश जटिल अवस्थामा रहेको बताएका छन् ।

आइतबार जनकपुर विमान स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पौडेलले देश र लोकतन्त्रका संस्थाहरू जटिल अवस्थाबाट गुज्रिरहेको बताए ।

‘वास्तवमा देशमा सहज परिस्थिति छैन् । देश र लोकतन्त्रको संस्थाहरू कमजोर भईरहेको देखिएको छ,’उनले भने, ‘अदालत स्वयं विवादमा छ । सदन चलिरहेको छैन् ।’

नेता पौडेलले देश र न्यायलय कमजोर रहेको औल्याए पनि प्रधानन्यायाधीशको सन्दर्भमा स्पष्ट धारणा राखेनन् ।

‘अदालतमै गतिरोध आएपछि अब हामीले छलफल गर्ने बेला आएको छ । मैले पार्टी सभापतिलाई भनिसकेको छु, कार्यसमितिको बैठक बोलाउनुस्,’उनले भने, ‘छलफलबाट हामीले ठोस निर्णय लिन्छौं ।’

प्रतिक्रिया
नागरिक मिरर