न्यायलयको विवाद सुल्झाउने तयारीमा सरकार जुटेको छ : गृहमन्त्री खाँण
जनकपुरधाम । न्यायलयमा देखिएको विवाद सुल्झाउने तयारीमा सरकार जुटेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।
सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले न्यायलको विवाद समाधानको लागि सरकारमा सहभागि दलले निर्णय गरेर सुल्झाउने तयारी गरेको बताएका हुन् ।
‘न्यायपालिकामा विवाद देखिएको छ । त्यहाँको विवाद छिटै सुल्झियोस् भन्ने नै सरकारको चाहना छ,’उनले भने, ‘न्यायलयको विवाद संवेदनशिल र गम्भिर छ । यसले धेरै कुरालाई प्रभावित बनाएको छ । छिटै सुल्झाउने तयारीमा सरकार लागेको छ ।’
न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका तीन वटा अङ्गहरूमा अहिले केही गतिरोध देखिएको उनले बताए ।
नागरिकता विधेयक लगायत महत्त्वपूर्ण विधेयक छिटै पास हुने उनको भनाइ छ ।
भिडियो पनि :
‘सदन व्यवस्थित रुपमा नचल्दा ढिलाई भएको छ,’उनले भने, ‘विपक्षीकै कारण सदन सञ्चालनमा समस्या आएको छ ।’
शान्ति सुरक्षामा अझै सुधार ल्याउने सरकारले गृहकार्य थालेको उनले बताए ।
गृहमन्त्री खाँण कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागि हुन जनकपुर आएका हुन् ।