आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दै

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आज अन्तिम खेल हुँदैछ ।

विश्वकपको उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने आजको खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा सुरु हुनेछ ।

आजको खेलमा मैदान उत्रदा दुबै टिम पहिलो पटक टी–ट्वान्टी विश्वकपको उपाधि उचाल्ने योजनामा हुनेछन् । त्यसैले दुई टिमबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

अहिलेसम्म अष्ट्रेलिया र न्युजिल्याण्डले टी–ट्वान्टी विश्वकपको उपाधि उचाल्न सकेको छैन ।

अष्ट्रेलिया दोस्रो पटक टी–ट्वान्टी विश्वकपको फाइनल पुगेको हो भने न्युजिल्याड पहिलोपटक फाइनलमा पुगेको हो ।

जारी विश्वकपमा दुबै टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । अष्ट्रेलियाले सेमिफाइनलमा बलियो टिम पाकिस्तानलाई ५ विकेटले हराएको थियो भने न्युजिल्याण्डले सेमिफाइनलमा एकदिवसीय विश्वकप विजेता इंग्ल्यान्डलाई ५ विकेटले नै हराएको थियो ।

दुई टिमबीचको पछिल्लो हेड टु हेडमा न्युजिल्याण्ड बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा न्युजिल्याण्डले तीन खेल जितेको छ । अष्ट्रेलियाले दुई खेलमा जित निकालेको छ ।

प्रतिक्रिया