अन्तर्राष्ट्रिय खो–खो खेलाडी कार्कीको सम्झानामा दिप प्रज्वलन

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरको हनुमान चोकमा अन्तराष्ट्रिय खो–खो खेलाडी तथा निर्णायक प्रहलाद कार्कीको सम्झानामा दिप प्रज्वलन गरिएको छ ।

गत बुधवार छठ पर्वको दिन मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका क्षीरेश्वरनाथ नगरपालिका ५ का खेलाडी कार्कीको सम्झनामा क्षीरेश्वर स्पोर्टस क्लवद्धारा दिप प्रज्वलन गरिएको हो ।

गत बुधवार छठ पर्वको दिन राति करिब १० बजे तिर भएको दुर्घटनामा कार्कीको घटनास्थलमै मृत्यु भएको थियो भने तिन जना गम्भीर घाइते भएको थिए ।

कार्कीलाई गलत दिशाबाट आएको तीन जना सवार मोटरसाईकलले ठक्कर दिएको थियो ।

दुर्घटनामा ज्यान गुमाएका कार्कीको करिब १० वर्षका एक छोरा र ३ वर्षका एक छोरी छन् ।

ज्यान गुमाएका खेलाडी कार्कीको परिवारलाई स्थानीय, प्रदेश केन्द्र सरकार तथा सम्बन्धित निकायलाई सहयोग गर्न अन्तर्राष्ट्रिय खो–खो खेलाडी कल्याण भुजेलले अनुरोध गरेका छन् ।

उनी भन्छन्, ’अहिलेको समयमा यतिकै पनि खेलाडीहरु बेरोजगार रहेको अवस्था छ ।’

ज्यान गुमाएका खेलाडी कार्की महेन्द्रनगरस्थित एक वित्तिय संस्थामा सेक्युरीटी गार्डको रुपमा कामकाज गरेर आफ्नो तथा परिवारको जीवनयापन गराईरहेको थियो । तर, उनको मृत्यु पछि परिवारको बिचल्ली हुने भएको हुँदा सहयोगको लागि अपिल गरेका छन् ।

दिप प्रज्वलन कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी, खेलका निर्णायक, क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार, सर्वसाधारण तथा युवाहरूको सहभागिता रहेको थियो ।

यता ठक्कर दिएर गम्भीर घाईते भएका तीनै जनाको उपचार विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रतिक्रिया