नेपाली काँग्रेस धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा सबै वडा र नगरमा सर्वसहमतीबाट नतृत्व चयन


जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा नेपाली काँग्रेसको सबै तहको अधिवेशनमा सम्पन्न भएको छ ।
नगरपालिकाको १० वटै वडामा सहमतिबाटै सबै तहको नेतृत्व चयन गर्नुको साथै नगर समितिमा पनि सर्वसहमती मै नेतृत्व चयन गरिएको हो ।
यघि समेत नगर सभापतिको भूमिका सफलता पूर्वक निर्वाह गरेको लालबाबु यादवलाई फेरी नगर सभापतिमा चयन गरिएको छ । त्यस्तै नगर सभापति यादवको नेतृत्वमा उपसभापतिमा पल्टु महतो र अजय कुमार साहलाई चयन गरिएको छ ।
नगरपालिकाको नगरकार्यसमितिको सचिवमा पोष्ट बहादुर गिरी र नवल किशोर यादव सहसचिवमा गोबिन्द कुमार यादव र मदन कुमार अधिकारीसहित ५८ सदस्य चयन गरिएको छ ।
नगरपालिकाको वडा अधिवेशनहरु पनि सहमतिमै सम्पन्न भएको छ ।

नगरकार्यसमिति सर्वसम्मत नेतृत्व चयनको लागि उल्लेखनीय भुमिका क्षेत्रिय सभापति तथा क्षिरेश्वरनाथ नपा प्रमुख योगेन्द्र पजियार खेलेका हुन् । उनले सबै तह र तप्काका नेता र कार्यकर्तालाई मिलाएर सर्वसम्मतिले सबै समिति चयन गर्न सफल भएका हुन् । ३ कार्यकाल क्षेत्रिय सभापतिको भुमिका निर्वाह गरि सकेका पजियारले यश पटक जिल्ला सभापतिको लागि उम्मेदवारी घोषणा गरेका छन् ।