कोभ्याक्स सुविधामार्फत थप १९ लाखभन्दा बढी मोडर्ना खोप आज नेपाल ल्याइँदै


काठमाडौं। सरकारले कोभ्याक्स सुविधामार्फत् थप १९ लाख ६५ हजार ६ सय मात्रा मोडर्ना खोप आज नेपाल ल्याउन लागेको छ ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज थप खोप नेपाल आउन लागेको बताए ।
सरकारले लिएको लक्ष्य पूरा गर्न पछिल्लो समय १२ वर्ष माथिका र १८ वर्ष मुनिका बालबालिकाका लागि खोप ल्याउने क्रमलाई तीव्रता दिएको छ ।
यसअघि, शुक्रवार र बिहीवार गरी ३६ हजार ५१ हजार ६ सय मात्रा मोडर्ना खोप सरकारले नेपाल ल्याइसकेको छ ।
सरकारले उक्त खोप १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि लगाउने तयारी गरिसकेको छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार देशका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान सञ्चालन गर्न लागेको छ ।
यस्तै हिमाली जिल्लाका लागि १ सयभन्दा बढी विद्यार्थी भएको विद्यालय र अन्य बाँकी जिल्लामा २ सयभन्दा बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड तय गरिएको छ ।