न्यूजिल्याण्डका एक व्यक्तिले २४ घन्टा भित्रमा लगायो १० पटक कोरोना खोप, सरकार चिन्तित

एजेन्सी । न्यूजिल्याण्डका एक जना व्यक्तिले २४ घन्टाभित्रमा १० पटक कोरोनाविरुद्धको खोप लगाएका छन् ।

विश्वमै पहिलोपटक कुनै व्यक्तिले यति धेरै कोरोनाविरुद्धको खोप लगाएपछि न्यूजिल्याण्ड सरकार चिन्तित बनेको छ ।

न्यूजिल्याण्ड सरकारको खोप विभागका सल्लाहकार केन्द्रका निर्देशक एवं अकल्याण्ड विश्वविद्यालयका प्राध्यापक निक्की टर्ननरले एकजना व्यक्तिले एकैदिन १० पटकसम्म खोप लगाउनु चिन्ताको विषय रहेको बताएका छन् ।

उनले ती व्यक्तिको खोजी भइरहेको पनि बताएका छन् ।

विभिन्न खोप केन्द्रमा गएर ती व्यक्तिले खोप लगाएको बारेमा सीसीटीभीको माध्यमबाट जानकारी प्राप्त भएको भन्दै उनले खोपले कुनै नराम्रो प्रभाव नपरोस् भन्ने विषयमा सरकार चिन्नित बनेको बताए ।

प्रतिक्रिया
नागरिक मिरर