नामाकरण भएपछि मधेस प्रदेशमा दीपावली

जनकपुरधाम । प्रदेशको नाम मधेसराजधानी जनकपुधाम तोकिएपछि राजधानी जनकपुरधाम सहित प्रदेशको ८ वटै जिल्लामा दीपावली मनाईएको छ ।

झण्डै चार बर्षपछि प्रदेश २ को निर्वाचन प्रकृयाबाट स्थायी राजधानी जनकपुरधाम र प्रदेशको नाम मधेस प्रदेश घोषणा भएको खुशीयालीमा विशेष गरी जनकपुरधाम सहित प्रदेशको ८ वटै जिल्लामा दिप प्रज्वलन गरिएको छ ।

खुशीयालीमा विभिन्न संघ संस्था, राजनीतिक दल तथा युवाहरुले आ–आफ्नै तरिकाले दीप। प्रज्वलन गरेका छन् ।

राजधानी तथा प्रदेशको नाम सबैको भावनाको प्रतिनिधित्व गरेको प्रदेश साँसद राम अशिष यादवले बताएका छन् । उनले भने,–‘मधेस र मघेसीको मर्म भावनलाई आत्मसाथ गर्दै प्रदेशको नामाकरण र राजधानी तय भएको छ । यसमा सम्पूर्ण प्रदेशवासी खुशीयाली मनाउनुपर्ने बताए ।’

राजधानी र नाम तय भएपछि जसपाका युवा नेताहरु मिठाई र अबिर माला लिएर प्रदेश सभानै पुगेका थिए । उनीहरुले मुख्यमन्त्रीसहित प्रदेशका सांसदहरुलाई बधाई दिँदै अबिर र माला लगाउँदै मिठाई खुवाएका थिए ।

यसै खुशीयालीमा भोली मंगलबार प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ ।

प्रतिक्रिया
नागरिक मिरर