बलिदानी दिवसको अवसरमा भोली पनि मधेस प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम । हरेक माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा मधेस प्रदेशमा भोली पनि सार्वजनिक बिदा दिइएको छ ।

तराई मधेसमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरुको स्मरणमा विगत चार वर्षदेखि मधेस प्रदेश सरकारले हरेक माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

प्रदेश २ सरकारले यस पटकको बलिदानी दिवस राजविराज मनाउने भएको छ । २०६३ सालमा भएको मधेश विद्रोहको सम्झनामा प्रदेश सरकारले बलिदानी दिवस मनाउन मनाउने गरेको छ।

माघ ५ गते सिराहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेशका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो । यो दिनलाई स्मरण गर्दै प्रदेश सरकारले राजविराजमा विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउने सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

समारोहमा बिभिन्न दलका शिर्षस्थ नेताहरुलाई समेत आमन्त्रणा गरी बोलाइनेछ भने मधेश आन्दोलनमा सहिद भएका ५९ जना शहीद परिवार तथा घाइतेहरुलाई सम्मान गरिने उनले बताए ।

प्रदेश सरकार बन्नुअघि मधेश केन्द्रित दलहरुले आ–आफ्नो तरिकाले बलिदानी दिवस मनाउँदै आएका थिए ।

प्रदेश सरकारले गत वर्ष बलिदानी दिवस जनकपुरधाममा मनाएको थियो ।

प्रतिक्रिया