स्थानीय चुनावका लागि आयोगले तोक्यो जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत

काठमाडौं । निर्वाचन आयोगले स्थानीय चुनावका लागि जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

आयोगले जिल्ला न्यायाधीशहरूलाई ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत बनाइएको हो ।

आजको गोरखापत्रमा आयोगले सूचना निकालेर मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्ति गरिएको उल्लेख गरेको छ।

खटाइएका ठाउँ जानुअघि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई अभिमुखीकरण दिइनेछ।

निर्वाचन आयोगले चैत २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन र निर्वाचन अधिकृत खटाउने निर्णय गरेको छ।

२०७९ वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन हुँदैछ।

प्रतिक्रिया