स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख बढी मतदाता,नामावलीमा महिला भन्दा पुरुष धेरै
काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने भएका छन् ।
निर्वाचन आयोगले प्रकाशन गरेको मतदाता नामावलीमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका छन् ।
यो पाँच वर्षको स्थानीय निवार्चनमा झण्डै ३७ लाख बढी मतदाता हो । २०७४को स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए ।
स्थानीय निर्वाचनका मतदातामा महिला भन्दा पुरुष धेरै रहेका छन् । पुरुष ८९ लाख ९२ हजार १० छन् भने ८७ लाख ४१ हजार ५३० महिला, र १ सय ८३ अन्य छन् । अर्थात, २ लाख ५० हजार ४८० जना पुरुष मतदाता बढी छन् ।
त्यस्तै स्थानीय तह चुनावमा देशभर २१ हजार ९ सय ५५ वटा मतदात केन्द्र तोकिएको छ । निर्वाचन आयोगले १० हजार ७ सय ५६ मतदान स्थलमा २१ हजार ९ सय ५५ वटा मतदात केन्द्र रहने जनाएको हो । एउटा मतदान स्थलमा एक भन्दा बढी केन्द्र पनि रहने छन् ।
प्रतिक्रिया