काठमाडौं विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको शहर

काठमाडौं । काठमाडौं विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको शहर बनेको छ ।
वायु प्रदूषण मापन सूचकका अनुसार काठमाडौंमा अहिले वायु प्रदूषण १ सय ६२ एक्यूआई रहेको छ । एक्यूआई १ सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ ।
त्यस्तै विश्वका प्रदूषित शहरहरूको सूचीको दोस्रो नम्बरमा भारतको कोलकत्ता परेको छ । कोलकत्तामा वायु प्रदूषण मापन सूचक एक्यूआई १ सय ५९ रहेको छ ।
एक्यूआई १ सय ५३ रहेको बङ्गलादेशको ढाका विश्वमा वायु प्रदूषण बढी रहेको देशको सूचीमा तेस्रो नम्बरमा छ ।
प्रतिक्रिया