इन्धनको खपत कम गर्न जोर बिजोर गर्नुको साथै आइतबार पनि बिदा दिन निगमको प्रस्ताव

काठमाडौं । नेपाल आयल निगमले इन्धनको खपत कम गर्नका जोर बिजोर लागु गर्नुका साथै आइतबार पनि सार्वजनिक बिदा दिन प्रस्ताव गरको छ ।

निगमले सरकारलाई पत्र लेख्दै सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घटाएर इन्धनको खपत कम गर्ने गरी थप एक दिन बिदा दिन प्रस्ताव गरेको हो ।

मन्त्रालयलाई १० बुँदामा लिखित माग बुझाउँदै निगमले लेखेको पत्रमा पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार विकास शुल्क घटाउन माग पनि गरिएको छ ।

पेट्रोलियममा प्रतिलिटरमा १५ रुपैयाँ मूल्य कर घटाउन र ग्याँसमा २०० रुपैयाँ कम गर्न निगमले सरकारसँग माग गरेको छ ।

यस्तै इन्धन खरिदको भुक्तानी गर्न निगमलाई आवश्यक पर्ने थप रकम जोहोको व्यवस्था गर्न, बढेर आएकै मूल्य बराबरमा मूल्य बढाउनु पाउनु पर्ने तथा सबै प्रकारका सवारी साधनहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न दिने व्यवस्था गर्न पनि माग गरिएको छ ।

प्रतिक्रिया