३ दिनमै ‘आरआरआर’ ले कमायो ५ सय करोड भारू
काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आरआरआर’ ले तीन दिनमा विश्वभरबाट पाँच सय करोड कमाएको छ ।
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले तीन दिनमा विश्वभरबाट पाँच सय करोड कमाउँदै नयाँ रेकर्ड कायम गरेको हो ।
‘बाहुबली’ बाट राम्रो चर्चा कमाएका निर्देशक राजामौलीको नयाँ फिल्म आरआरआर हालसम्मकै महँगो बलिउड फिल्म हो। निर्माणमा मात्र साढे चर सय करोड भारू खर्चिएको छ।
चर्चित दक्षिण भारतीय अभिनेताद्वय रामचरण र एनटिआरको मुख्य भूमिका रहेको फिल्ममा आलिया भट्टको पनि छोटो तर प्रमुख भूमिका छ। यसबाहेक अजय देवगनलाई पनि फिल्ममा देख्न सकिन्छ।
फिल्मले अहिले संसारभरका दर्शकको माया पाउनुको साथै समीक्षकबाट मिश्रित प्रतिक्रिया बटुलिरहेको छ।
फिल्मले भारतको सन् १९२० को पृष्ठभूमिमा ब्रिटिस शासनविरूद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ।
प्रतिक्रिया