सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने
काठमाडौं । सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ ।
मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । उक्त अध्यादेश सरकारले सिफारिस गरेपछि राष्ट्रपतिबाट जारी हुने छ ।
यसअघि कै सरकारले ल्याएको यी दुई अध्यादेश मन्त्रिपरिषद् बाट पास भने हुन सकेको थिएन् ।
प्रतिक्रिया