धनुषामा स्कुल बसको ठक्कर एकजनाको मृत्यु

जनकपुरधाम । धनुषामा स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
जनकपुर ढल्केवर सडकखण्डमा पर्ने बाबाको ढावा नजिकै स्कुल बसले गलत दिशाबाट आएर ठक्कर दिँदा क्षीरेश्वरनाथ नगरपालिका ५ कुचाईका ३८ बर्षीय मनोज बिक्रम लामिछानेको मृत्यु भएको हो ।
लक्ष्मीनिया ४ स्थित रहेको पुस्पवाटिका एजुकेशनल एकेडेमीको प्रदेश २–०३ ००१ ख ०५३२ नम्बरको बसले ठक्कर दिँदा बा ८० प ९०९४ नम्बरको मोटरसाईललाई ठक्कर दिएको थियो ।
उनलाई ठक्कर दिएपछि उपचारको लागि प्रादेशिक अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कुल बस गलत दिशाबाट आएर मोटरसाईकलाई ठक्कर दिएको एक प्रत्यक्षदर्शीले बताएका छन् । बसको ठक्करबाट घटनास्थलमै गम्भिर घाईते भएको लामिछानेलाई प्रादेशिक अस्पताल जनकपुरधाममा लग्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
ठक्कर दिएको स्कुल बस जिल्ला प्रहरी कार्यालय, धनुषाको नियन्त्रणमा रहेपनि चालक फरार भएको छ । फरार बस चालकको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जनाएको छ ।