सर्लाहीमा जेसिबिको ठक्करबाट विधार्थीको मृत्यु
सर्लाही । सर्लाहीमा जेसिबिको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको बागमती नगरपालिका ७ राजघाटमा विधालय हिँडेकी विधार्थीलाई ठक्कर दिँदा मृत्यु भएको छ ।
स्थानीय १७ बर्षीय रविलाल परियारकी छोरी सुमित्रा परियारलाई विपरित दिशाबाट आईरहेको जेसिबिले ठक्कर दिँदा मृत्यु भएको हो ।
घरबाट नव जन जागरण माविमा अध्ययनका लागि साईकलमा जाँदै गर्दा ठक्कर दिएको दिएको प्रहरीले जनाएको छ । विद्युत पोल बोक्ने, गाड्ने, उखेल्ने लगायत विभिन्न काममा प्रयोग हुने जेसिबिको ठक्करबाट सुमित्राको घटनास्थलमै मृत्यु भएको छ ।
ठक्कर दिएको जेसिबि र जेसिबि चालकसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
आक्रोशित गाउँलेले क्रेनमा केही तोडफोड गरेका छन् ।
प्रतिक्रिया