कुर्था-जयनगर रेल सेवाको आज उद्घाटन हुँदै
काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा सञ्चालन हुने रेल सेवाको आज उद्घाटन हुँदै छ ।
आज (शनिबार) नयाँ दिल्लीबाट भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी रेल सेवाको उद्घाटन गरिने भएको हो ।
अन्तरदेशीय रेल सेवाका रुपमा सञ्चालन हुने रेलमार्गमा जकनकपुर आएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलगायतका व्यक्ति कुर्थासम्म जाने कार्यक्रम छ ।
त्यस्तै शनिबार उद्घाटन भएपछि आइतबारदेखि नै तालिकाअनुसार नियमित रेल चल्ने छ । नेपाल रेल्वे कम्पनीका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समयतालिका निर्धारण गरिएको छ ।
प्रतिक्रिया