नेपाल र भारतबीच चार वटा सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच चार वटा सम्झौतामा हस्ताक्षर भएको छ।
भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता त्यसपछि दुई देशको प्रतिनिधिमण्डलबीचको छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर भएको हो ।
उक्त चार वटा सम्झौतामा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदान छन् ।
प्रतिक्रिया