सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु
सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनमा आज ११ हजार भोल्टको करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । स्थानीय बासिन्दा ६५ वर्षीय रामनारायण साहको करेन्ट लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
नयाँ घरको छतमाथि रेलिङमा पानी हाल्दै गर्दा छतको माथि रहेको ११ हजार भोल्टको तारमा अचानक छुन जाँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर सिकिस्त भएका उनको तत्कालै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया