रामनवमीमा मांसाहारी मेस भन्दै दोहोरो झडप


एजेन्सी । भारतको दिल्लीस्थित जवाहर लाल नेहरु यूनिभर्सिटीमा मांसहारी मेसको विषयमा विवाद भएपछि तनाव उत्पन्न भएको छ ।
वामपन्थी छात्र संगठन र हिंदुवादी छात्र संगठन एबीवीपी बिच एकअर्कामाथि हानाथाप भएको हो ।
छात्र संगठनहरू बिच मेसमा मांसाहारी खानालाई लिएर विवाद भएको बीबीसीले जनाएको छ ।
हिंदुवादी छात्र संगठनले मांसहारी खानालाई लिएर विवाद गर्दै जाँदा झडप भएको वामपन्थी छात्र संगठनले आरोप लगाएको छ ।
तर, अखिल भारतीय विद्यार्थी परिषदकाको अनुसार छात्रहरू रामनवमीको पुजापाठ गर्दैगर्दा एकाएक हमला भएको उल्लेख गरेको छ ।
उता वामपन्थी छात्र संगठन अल इन्डिया स्टुडेन्टस् एशोसीएसनको एक टुवीट अनुसार एबीवीपीका कार्यकर्ताहरूले पहिले हमला गरेपछि प्रतिवादमा उत्रिदा हानाथाप भएको उल्लेख गरेको छ ।
त्यस्तै जारी ट्वीट अनुसार त्यस झडपमा दर्जनौ छात्रहरु घायल भएको छ ।
छात्राहरूबीच झडप हुँदै गर्दा ऐन मौकामा पुलिस आएपछि अवस्था नियन्त्रणमा आएको थियो ।
पुलिसले एएनआईलाई बताए अनुसार सोमवार विहान एबीवीपीका छात्राहरूले दिल्ली पुलिसमा एफआईआर दर्ता गराएका छन् ।
एबीवीपीका अनुसार घाइते विद्यार्थीको उपचार भइरहेको बताउँदै, उत्शृखङ्ल गतिविधि गर्नेलाई कडा कारबाही गर्न समेत माग गरेको बीबीसीले जनाएको छ ।