वर्तमान सरकारले जालझेल र षड्यन्त्र गरेर जाली मुद्दा लगाउन सक्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जालझेल र षड्यन्त्र गरेर जाली मुद्दा लगाउन सक्ने आशंका व्यक्त गरेका छन् । जनताबाट नभई परमादेशबाट बनेको सरकार भएकाले भर हुन नसक्ने टिप्पणी गरेका हुन् ।

मंगलबार ‘संघर्षशील योद्धाहरु’ नामक पुस्तक लोकापर्ण समारोहलाई उद्घाटनगर्दै ओलीले अहिलेको समय पहिलेको जस्तो नभएपनि जालझेल र तिक्डम गर्ने सरकारबाट सचेत हुनुपर्ने बताए ।
‘समय त हिजोको जस्तो छैन । तर, सरकार चाहिँ उसै वेलाको जस्तो छ, जालझेल, तिक्डम गर्ने खालको त्यसैले सचेत रहनुपर्छ, उनले भने ‘जनताबाट नआएको परमादेशबाट आएको सरकार जनताप्रति जिम्मेवार छैन् ।’

उनले सरकार आफै समयमा चुनाव गरेर लोकतन्त्र जोगाउने भन्दा चुनाव नगरेर षड्यन्त्र गर्नतर्फ लागिरहेको आरोप लगाए । ‘त्यसकारण अहिले पनि के हुन्छ ? मान्छेलाई जाली मुद्धा लाग्दैन, फसाइँदैन भन्न सक्ने अवस्था छैन, यो सरकार यस्तै हो । तर हामी त्यसमा सजग हुुनुपुर्छ’, ओलीको भनाइ छ ।
उनले शासकहरु पुरानैशैलीमा आए धेरैदिन नटिक्ने दावी पनि गरे ।

प्रतिक्रिया
    ट्याग: