मंगलबार दोहोरो अङ्कले ओरालो लाग्यो नेप्से

काठमाडौं । नेप्से आज मङ्गलवार दोहोरो अङ्कले घटेको छ । हिजो सोमवारमात्र ४४ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक आज ३४ दशमलव ७८ अङ्कले घटेर दुई हजार तीन सय ८५ दशमलव ०२ विन्दुमा झरेको हो ।

नेप्से परिसूचक अनुसार होटल तथा उत्पादनबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । निर्जीवन बीमा, जीवन बीमा, उत्पादन, विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय ३७ वटा कम्पनीको ३७ लाख ८३ हजार कित्ता शेयर एक अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको पाँच करोड ७५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको हो ।

दोहोरो अङ्कले बजार घटेको दिन इमर्जिङ नेपाल र न्यादी हाइड्रोपावरको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि नेस्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
    ट्याग: