अड्कलबाजीका बीच कसरी गरे रणवीर र आलियाले विवाह ?

काठमाडौं । भारतीय अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्टको विवाहको चर्चा अझै सेलाएको छैन । हिन्दी चलचित्र जगतका प्रतिक्षित जोडीले २ दिन अघि अर्थात् १४ अप्रिलका दिन विवाह गरेका छन् । विहीवार आफ्नै घरमा वैवाहीक कार्यक्रमको आयोजना गर्दै जोडीले विवाह सम्पन्न गरेका हुन् ।

केहि वर्ष यतादेखि आलिया र रणवीर कपूरको लभ–लाईफको चर्चा निकै जोडसोरका साथ चलिरहेको थियो । तर, आफ्नो वैयक्तिक जीवनका बारेमा दुबैले खोलेरै भने कहिल्यै यसबारेमा बोलेका थिएनन् । यी दुई जोडीको लभ अफेयरबारे भने भारतीय इन्ड्रस्टिजका प्रायःसबैलाई थाहा थियो । पछिल्लो समय रणवीर भन्दा पनि आलियाले आफ्नो लभलाइफका बारेमा थोरै थोरै सङ्केत भने दिन थालेकी थिइन् ।

बलिउडको निकै नै चर्चिच जोडि मानिएको रणवीर र आलियाले विवाहमा कुनै पनि खालको तामझाम नगरी सामान्य रुपमा विवाह गरे । अन्य सेलिब्रेटि जस्तो डेस्टिनेशन वेडिङ्ग नगरी सामान्य तरिकाले भएको यो विवाह समारोहलाई भने दर्शकले पनि निकै मन पराएका छन् ।

कसरी भएको थियो विवाहको तयारीे ?
पहिलापनि विवाहको कुरा उठ्ने गरेको रणवीरले भन्थे । तर, कोसँग विवाह हुँदैछ भन्ने प्रश्नलाई उनी ओझेलमा राख्थे । कतिपय भारतीय मेडियाले उनिहरूको लभ लाइफ छ भन्दै कार्यक्रम पनि चलाएका थिए । तर, पनि वास्तविकताा भने यी दुबैले खुलाएका थिएनन् ।

रणवीर कपूरको बसाई मुम्बईको बान्द्रा स्थित पाली हिलको वास्तु बिल्डिङ्गको ७ औँ तल्लामा थियो भने आलिया त्यसै बिल्डिङ्गको ५ औँ तल्लामा भाडामा बस्थिन् । उनिहरू एउटै बिल्डिङ्गमा बस्ने भएरपनि विवाहको कुराकानी भने पहिल्यैदेखि चलिरहेको थियो । तर, रणवीरका पण्डितका अनुसार विहीवार ३ बजे हल्दिको विधि र साँझ ३ बजे विवाहको साइत रहेको बताएपछि उनीहरूले विवाहको तयारी सुरु गरे ।

उसो त विवाहको २ दिन अघिसम्म पनि कसैलाई थाहा थिएन कि यी दुई जोडीको विवाह कुन मितिमा हुँदैछ । कारण, न त कपुर परिवार र न त भट्ट परिवारमध्ये कसैले यस विषयमा खुलाएका थिए । भारतीय सञ्चार माध्यममा पनि १४ अप्रिल, १६ अप्रिल, १८ अप्रिलमा यी दुईको विवाह हुने भनेर अड्कलबाजी गरिएको थियो । तर, विवाहको एक दिन अघि मेहन्दीका विधि हुने दिन रणवीर की आमा नितु कपुरले भोलि विवाह हुँदैछ भनेर सार्वजनिक गरेकी थिइन् ।

त्यस्तै उनिहरूको विवाहमा अतिथि पनि जम्मा ५० जना मात्रै थिए । जसमा कपूर परिवारका सदस्य र भट्ट परिवारका सदस्य थिए ।

दुई दिन अघि सम्पन्न रणवीर र आलियाको प्रेम सम्बन्ध दुबैले खेलेका चलचित्र ब्रह्मास्त्रबाट सुरु भएको मानिन्छ । एउटै चलचित्रमा काम गर्ने मौका पाएका रणवीर र आलियो ब्रह्मास्त्र निकै प्रतिक्षित चलचित्र मध्येको एक पनि हो ।

रणवीर बलिउडको बहुप्रतिष्ठित कपुर खानदानका छोरा हुन् भने आलिया भारतीय चलचित्र जगतका चर्चित निर्देशक महेश भट्टकी छोरी हुन् ।

प्रतिक्रिया