पश्चिम तराईमा लगातार ३ दिनसम्म तातो हावा चल्ने

काठमाडौं । पछिल्लो समय देशभर तापक्रम बढ्ने क्रममा छ । तापक्रम बढेसँगै सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

मौसमविदहरुका अनुसार लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते तातो हावा चल्ने छ । जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार हिजो देशका सात स्थानमा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको थियो ।

गर्मी बढी हुँदा तातो हावा चल्ने र लु लाग्ने सम्भावना बढी हुन्छ । गर्मीको बेला सकेसम्म घर बाहिर ननिस्किने र वृद्धवृद्धा, बालबालिका, गर्भवती तथा दीर्घ रोगीहरुलाई विशेष ख्याल गर्नुपर्ने विज्ञहरु बताउँछन् ।

बिहीबारदेखि बादली हुने र केही स्थानमा हल्का पानी पनि पर्ने हुँदा गर्मीमा केही राहत मिल्ने मौसमविदहरुले बताएका छन् ।

प्रतिक्रिया