निर्वाचन अपडेट : १ लाख ४१ हजार ४ सय ६८ जना उम्मेदवारको मनोनयन दर्ता

काठमाडौं । स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख ४१ हजार ४ सय ६८ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

निर्वाचन आयोगले मंगलबार बिहान अद्यावधिक गरेको तथ्यांकअनुसार प्रमुख पदमा ३ हजार ३ सय १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ३६ जनाको उम्मेदवारी परेको छ ।

यस्तै अध्यक्ष पदमा ३ हजार ३ सय ६ जनाले मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्ष पदमा २ हजार ३ सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी वडा अध्यक्ष पदमा मात्र ३३ हजार १ सय ११ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा २४ हजार २ सय ८३, दलित सदस्यमा २१ हजार ९ सय ७९ र सदस्य पदमा सर्वाधिक ५१ हजार ९२ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया