आज उम्मेदवारी फिर्ता लिन सकिने,अन्तिम नामावली प्रकाशन आजै

काठमाडौं । स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेलाई निर्वाचन आयोगले आज साँझ ५ बजेसम्मको समय दिएको छ ।

निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरि हिजो साँझ उमेदवारको नामावली प्रकाशन गरेको थियो । आज उमेदवारी फिर्ता लिन चाहने उमेदवारले आफ्नो नाम फिर्ता लिइसकेपछि साँझ ५ बजे अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ ।

स्थानीय निर्वाचनका लागि १ लाख ५३ हजार १ सय ४५ जनाको उमेदवारी मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार प्रमुखमा ३ हजार ५ सय १८, उपप्रमुखमा २ हजार १ सय ७४ जनाको मनोनय दर्ता भएको छ ।

अध्यक्षमा ३ हजार ३ सय ९२, उपाध्यक्षमा २ हजार ४ सय ७, वडाध्यक्षमा ३५ हजार ३ सय ८०, महिला सदस्यमा २६ हजार ५सय ५६, दलित महिला सदस्य २३ हजार ९ सय ५१ र सदस्यमा ५५ हजार ७ सय ६७ जनाको मनोनयन दर्ता भएको छ ।

प्रतिक्रिया