आज मातातीर्थ औँसी, आमाको स्वास्थ्यको ख्याल यसरी गरौँ…

काठमाडौँ । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । हरेक वैशाख कृष्ण औँसीका दिन मातातीर्थ औँसी आमाको मुख हेरेर मनाइन्छ । जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर मातातीर्थ औँसी मनाइँदै छ । वैशाख कृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात मातृऔँसीका रुपमा समेत मनाउने गरिन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नो आमालाई राम्राराम्रा लुगा लगाइदिने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उहाँले गर्नुभएका काम सम्झने शास्त्रीय मान्यता रहेको छ । आजको दिन दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिकामा रहेको थानकोट नजीकैको मातातीर्थमा मेला लाग्ने गर्छ । आमाको मुख हेर्ने दिनमा मात्रै आमाको स्वास्थ्यको ख्याल नगरौँ छोराछोरीहरूले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन आजको दिनमा आमालाई विशेषसम्मान गरेर भेटघाट गरीन्छ । आजको दिनमा जति आमाको महत्व छ, त्यो भन्दा बढी महत्व भर्खर जन्मेका नवजात शिशुलाई आमाको दुधको हुने बाल रोग विशेषज्ञहरू बताउँछन् । आमा र छोराछोरीको सम्बन्ध धार्मिक सामाजिक सांस्कृतिक रुपमा मात्र नभई स्वास्थ्यका हिसावले पनि निकै महत्वपूर्ण रहेको छ । गर्भबाटै आमाले आफ्नो छोराछोरीको स्वास्थ्यमा विशेष राख्छिन् ।

आमाको गर्भबाट जन्म भएपछि नवजात शिशुलाई सबैभन्दा महत्वपूर्ण र आवश्यक आमाको दूधको हुन्छ । बच्चा जन्मिएको एक घण्टा भित्र आमाले खुवाउने दूध अमृत समान हुन्छ । त्यसैले जन्मने बित्तिकै अमृत खुवाउने आमालाई आजको दिन मात्रै नभई हरेक दिन विशेष सम्मानका साथ हेरचाह गर्नुपर्छ । बाल रोग विशेषज्ञ डा. सुनिलराजा मानन्धरका अनुसार आमाको दूध जन्मेदेखि ६ महिनासम्मका शिशुको शारीरिक एवम् मानसिक वृद्धि र विकासका लागि आवश्यक पर्ने सम्पूर्ण तत्वहरूले भरिपूर्ण हुन्छ ।

आफ्नो शिशुले चाहेको बेलामा जहिले पनि जहाँ पनि आमाले दुध खुवाउन सक्छिन् । आमाको दूध शिशुका लागि पहिलो खोप हो । नवजात शिशुुका लागि आमाको दूध बाहेक अरु कुनै खाना पोषिलो र स्वस्थकर नहुने चिकित्सकहरू बताउँछन् । उनले आमाले आफ्नो बच्चालाई ५ महिनासम्म आमाको दुध मात्रै खुवाउनुपर्ने बताए ।

छ महिनादेखि दुई वर्षसम्म आमाको दुध र अन्य पौष्टिक खानेकुरा खुवाउन सकिने बताए । शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो पहेंलो दुध ‘बिगौति’ मा रोगसँग लड्नसक्ने प्रतिरोधात्मक तवरहरू रहेको हुन्छ जसले हानिकारक र सकारात्मक जीवाणु र किटाणुलाई नष्ट पारी शिशुलाई सङ्क्रामक रोगहरू लाग्नबाट बचाउँछ । स्तनपान गराउने आमाहरूको स्तन र पाठेघरमा क्यासर हुने सम्भावना पनि धेरै कम हुन्छ । जन्मान्तर कायम राख्न स्तनपानले सहयोग पु¥याउँछ ।

स्तनपान गर्न नपाएका शिशुहरू पछि गएर झगडालु स्वभावका हुने, अरुसँग घुलमिल गर्न नसक्ने हुन सक्छन् । आमाको दूध खान पाएका शिशुहरू झाडापखाला, श्वासप्रश्वास र अन्य रोग लाग्नबाट सुरक्षित हुन्छन् । नेपालमा स्तनपानकै कारण शिशु मृत्युदरमा २५ प्रतिशतले कमी आएको सरकारी अध्ययनले देखाएको छ । आमाको दूधको महत्वलाई बुझेर विश्व स्वास्थ्य सङ्गठनले विश्वभर ‘स्तनपान सप्ताह’ मनाउँदै आएको छ । हरेक वर्ष अगस्ट १ देखि ७ सम्म ‘स्तनपान सप्ताह’ मनाइन्छ । नेपालमा पनि यो सप्ताह विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै आइएको छ ।

विश्वमा दिनप्रतिदिन बढ्दै गइरहेको ‘बोटल मिल्क फिडिङ’ ले बच्चाको स्वास्थमा प्रतिकुल असर पुर्याइरहेकाले आमाको दुध खुवाउन जोड दिने उद्देश्यका साथ यो सप्ताह मनाउने गरिएको हो । तर, सुत्केरी भएको एकघण्टा भित्र खुवाइने बिगौति दूध बच्चाका लागि सबैभन्दा पौष्टिक भएपनि जनचेतनाको अभावमा कतिपय सुत्केरी आमाले जन्मिएको पहिलो पटकको दुध निचोरेर फ्याक्ने गर्छन् । यो उनीहरुको आफ्नै सन्तानप्रति गरिएको अन्याय हो । आमाको लामो आयू र स्वास्थ जीवन चाहनुहुन्छ भने उनको स्वास्थ्यको साथै उनको खुशि र उनलाई के मन पर्छ भन्ने कुराको पनि ध्यान राख्नुपर्छ ।

आमा जसले तपाईंलाई जन्म दिन्छन् उनको स्वास्थ्यको लागि तपाईं सँधै सचेत रहनुपर्छ । कुनैपनि समय उनले भनेको र उहाँले चाहेको कुराको विशेष ध्यान राख्ने हो भने उहाँ सँधै खुशी रहनु हुन्छ । त्यति मात्र नभई उनको खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । जसले उनलाई कुनै रोगले आक्रमण नगरोस् । त्यति मात्र नभई आमाको मुख हेर्ने दिनमा मात्रै आमाको स्वास्थ्यको ख्याल गर्नु हुँदैन । सबैभन्दा पहिले आमाको स्वास्थ्यको बारेमा विशेष ध्यान दिनुपर्छ । खानाका परिकार बनाउँदा आमाको स्वास्थ्यलाई ध्यानमा राखेर बनाउनुपर्छ । चिल्लो, मसालेदार, अत्यधिक गुलियो, रातो मासु, ग्यास्ट्रिक गराउने र रोग बल्झाउने खालको खानेकुरा दिनुहुँदैन फलफूल, हरियो साग, तरकारी, दूध, ताजा फलको जूश जस्ता सन्तुलित आहार दिनुपर्छ खाना बनाउँदा खाना अपच हुने खालको खाना पनि बनाउनु हुँदैन उपहार दिँदा महँगा खालका भन्दा पनि उनलाई कतै घुम्न जान मन छ वा के कुराले उनलाई खुशि भेट्छ त्यस्ता कुरामा ध्यान राखेर उपहार दिनुपर्छ ।

अन्तिममा पछिल्लो समय कोरोना महामारी लगायत विभिन्न रोगको जोखिम पनि रहेकाले आमाको स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ । आमाको शरीरको क्षमता र उहालाई सहजै पच्ने खालका खानेकुरा दिनुपर्छ । जसले गर्दा रोगसँग लड्नो क्षमताको विकास होस् ।

प्रतिक्रिया
    ट्याग: