स्थानीय तह निर्वाचन प्रतिस्पर्धाका लागि आज उम्मेदवारहरूलाई चनाव चिह्न दिइँदै
काठमाडौँ । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदारहरूलाई चुनाव चिह्न दिने तयारी गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई आज निर्वाचन चिह्न प्रदान गर्ने भएको हो ।
निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ ।
हिजो शुक्रबार निर्वाचन आयोगले उजरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । नामावलीमा रहेका उम्मेदरवारहरू नै प्रतिस्पर्धामा उत्रिनेछन् । उनीहरूलाई आज निर्वाचन चिह्न प्रदान गर्न लागिएको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताए ।
उम्मेदवारहरूले निर्वान चिह्न पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन् ।