शनिबार घर बस्दा दिक्क लाग्यो हो ? काठमाडौंका यि पार्क घुम्नुस् ! (फोटो सहित)

काठमाडौं । धुलो धुँवा भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौं शहर घुम्दा यस्तै लाग्छ । तर काठमाडौंमा थोरै भए पनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन् ।
२०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाँउको महत्व बढेको छ । सरकारी र निजी क्षेत्र शहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन् । पार्कमा घुम्ने संस्कृति पछिल्लो समय बढ्दै गइरहेको छ ।
भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीवासी घुम्न निस्कन्छन् । लामो बिदामा टाढा घुम्न जाने संस्कृति विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन् ।
हेर्नुहोस् काठमाडौंका खुला स्थानका केही तस्वीरहरु :
तस्वीरहरु : न्युज एजेन्सी नेपाल










प्रतिक्रिया