निर्वाचन सन्दर्भ सामग्री सामाजिक सञ्जालमा प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब ८ दिन बाँकी छ । निर्वाचन नजिकिएसँगै निर्वाचनसँग सम्बन्धित विभिन्न सामग्रीहरु सामाजिक सञ्जालमा फैलिरहेको छ ।
सामाजिक सञ्जालमा देखिएका कतिपय सामग्रीले सहि सुचना दिइरहेका हुन्छन् भने कति सामग्री झुटा पनि हुन् सक्छन् । त्यसैले सामाजिक सञ्जालका निर्वाचन सामग्रीहरुमा ध्यान दिन आवश्यक छ ।
निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा :
– शीर्षककै आधारमा वा मन परेकै आधारमा लाइक, सेयर र कमेन्ट नगरौं,
– सूचनाको विश्वसनीयता जाँच गरौँ,
– निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र एकाउन्ट सञ्चालन नगरौं,
– निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पीच) दिने जस्ता कार्य नगरौं,
– कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी÷गराई सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट नगरौँ,
– कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्ने तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण नगरौँ