विवादका कारण अझै सुरु हुन सकेन मतदान, दर्जनौ स्थानमा तनाव
काठमाडाैं । स्थानीय तहको निर्वाचनका लागि अहिले मतदान भइरहेको छ । बिहानदेखि देशभर सुरु भएको मतदान शान्तीपूर्ण रुपले भएपनि दर्जनाै स्थानमा मतदान स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालयहरूले दिएको जानकारी अनुसार राजनीतिक दलहरूबीच विवाद हुँदा मतदान स्थगित भएको हो ।
दोलखाको बैतेश्वर गाउँपालिका, बाराको देवताल गाउँपालिका र सिम्रौनगढ नगरपालिकामा झडप भएको छ । झडपका कारण मतदान स्थगित गरिएको छ । यस्तै, नुवाकोटको पञ्चकन्या गाउँपालिका, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–९, मिश्र भन्ज्याङमा झडप भएको छ ।
गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकको ज्ञानमार्ग माविको मतदान केन्द्रमा तनाव भएपछि मतदान स्थगित भएको छ भने काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति सिर्जना भएको छ ।
दैलेखको ठाटीकाँध गाउँपालिकाको एक केन्द्रमा मतदानका क्रममा झडप भएको छ । ठाटीकाँध गाउँपालिका–६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा दुई पक्षबीच झप भएको हो ।
रामेछापको रामेछापको सुनापति गाउँपालिका २ दिमी पोखरीमा अझै मतदान सुरु हुन सकेको छैन ।
हुम्लाको अदानचुली गाउँपालिका र हुम्लाको चंखेली गाउँपालिका लगायतका केही स्थानमा मतदान स्थगित भएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपाङ्गता भएका व्यक्तिहरूलाई आफन्तले नभई दलका प्रतिनिधिहरूले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको छ ।
सर्लाहीको धनकौलमा पनि मतदान स्थगित भएको छ भने कौडेना गाउँपालकिामा स्थगित भएको मतदान केहीबेर अघिबाट पुनः सुचारु भएको छ । देशभरका विभिन्न स्थानमा झडप र तनावका कारण स्थगित भएका मतदान पुनः सुचारु ग्र्ने तयारी भइरहेको सामुदायिक रेडियोहरूले खबर पठाएका छन् ।
याे पनि :-